२७ असार २०८३, शनिबार

स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुन्छः मुख्यमन्त्री राई

स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुन्छः मुख्यमन्त्री राई

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने भएकाले संघीय व्यवस्था बलियो बनाउन स्थानीय तह सफल हुनुपर्ने धारणा व्यक्त गरेका  छन् । उनले संघीय शासन व्यवस्थाका लागि स्थानीय तहको विशिष्ट महत्व भएको उल्लेख गरे । 

प्रदेश नं. १ का स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि स्थानीय सरकार सञ्चालन सम्बन्धी दुईदिने अभिमूखीकरण कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोहलाई आज सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राईले संघीयताको जग नै स्थानीय तह भएको बताए । उनले सबै जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै दुईदिने तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले जोश र होस पु¥याएर काम गरेको अवस्थामा सफलता प्राप्त हुने बताए । 

उक्त अवसरमा मुख्यमन्त्री राईले प्रदेश नं. १ का १३७ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुखहरूलाई भर्खरै निर्वाचित भएकोमा बधाई ज्ञापनसहितको प्रमाणपत्र प्रदान गरे । 

salt training

कमेन्ट गर्नुहोस्