१६ असार २०८३, मंगलबार

सामान्य प्रशासनमन्त्रीसँग कुनै चर्काचर्की भएको छैनः सचिवालय

सामान्य प्रशासनमन्त्रीसँग कुनै चर्काचर्की भएको छैनः सचिवालय

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री  राजेन्द्र प्रसाद श्रेष्ठको कार्यकक्षमा भएको भनिएको विवादका विषयमा सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । श्रेष्ठका उपस्वकीय सचिव सुरज महर्जनले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यमा आएजस्तै कुनै चर्काचर्की नभएको र तराई मधेस समृद्धि कार्यक्रम र पालिकाहरूमा स्थानीय पूर्वाधार विकास कार्यक्रमबारे नियमित छलफल भएको उल्लेख गरिएको छ । 

‘भेटघाट कार्यक्रमका सम्बन्धमा अनलाइन समाचारमा प्रकाशित भए जस्तो कुनै चर्काचर्की नभएको जानकारी गराउनुका साथै माननीज्युहरूसँग तराई मधेस समृद्धि कार्यक्रम र पालिकाहरुमा स्थानीय पूर्वाधार विकास कार्यक्रमबारे नियमित छलफल भएको जानकारी गराउन चाहन्छु’, महर्जनले भनेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्