
साताको अन्तिम दिन शुक्रवार शेयर बजार १४.६४ प्रतिशतले घट्दा समेत २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सर्किट लागेकासहित ३ वटा कम्पनीका लगानीकर्ताले भने १० प्रतिशतले कमाएका छन् । आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ ।
आज बजार घटेर २०४८.१६ विन्दूमा आउँदा ग्रीन भेञ्चर लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ । अर्को एक कम्पनी बलेफी हाइड्रोपावर कम्पनीको शेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेको छ ।
बजार घटेका कारण अधिकांश कम्पनीले गुमाएका छन् । आज धेरै गुमाउनेमा भने सामूदायिक लघुवित्त वित्तीय संस्थाको ५.७५ प्रतिशतले, युनिलिभर नेपालको ५.२५ प्रतिशतले घटेको छ । युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रो पावरसहितका लगानीकर्ताको शेयर मूल्य भने ४.९४ प्रतिशसम्मले घटेको छ ।
आज २२९ कम्पनीको ३० हजार कित्ता शेयरको १८ हजार पटक कारोवार भएको छ । यसबाट ८९ करोड रुपैयाँको मात्रै कारोबार भएको छ ।