२२ जेठ २०८३, शुक्रबार

१० महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति ११ खर्ब ६७ अर्ब मात्रै

१० महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति ११ खर्ब ६७ अर्ब मात्रै

चालू आर्थिक वर्ष २०७८/७९ को १० महिना (वैशाख मसान्तसम्म)मा रेमिट्यान्स आय ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । 

यस्तो आय गत वर्षको सोही अवधिको तुलनामा ०.२ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार गत वर्ष यस्तो रेमिट्यान्स आय १९.२ प्रतिशतले बढेको थियो । 

रेमिट्यान्स आय गत महिना अर्थात चैतसम्ममा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ भित्रिएको थियो । रेमिट्यान्स आय चैतमा ८७ अर्ब ५ करोड रुपैयाँले बढेको छ । 

अमेरिकी डलरमा भने यस्तो रेमिट्यान्स आय १.६ प्रतिशतले घटेको छ  । यो अवधिमा रेमिट्यान्स ६ अर्ब ७६ करोड डलर मात्रै भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो । 

यो अवधिसम्मा विदेशी मुद्रा सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ छ । अमेरिकी डलरमा यस्तो ९ अर्ब २८ करोड डलर मात्रै रहेको छ । 

गत महिना यस्तो डलर सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । विदेशी मु्द्राको सञ्चिति गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो । उक्त अवधिमा अमेरिकी डलरमा भने ९ अर्ब ६१ करोड रहेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्