×

NMB BANK
NIC ASIA

बालबाल बाँचेका सन्दीप

पृथ्वी राजमार्ग भासिएको घटना : यस्ता एक भाग्यमानी जो बाइक खस्दा पनि सेकेन्डभरले बाँचे

जेठ २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भाग्यभन्दा कर्ममा विश्वास गर्नुपर्छ भन्ने आममान्यता छ ।

Muktinath Bank

तर, मानिसको जीवनमा कतिपय यस्ता क्षण आउँछन्, जसले भाग्य कति ठूलो कुरा हो भन्ने प्रमाणित गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतिपय मान्छेलाई बाँच्न १ सेकेन्ड काफी हुन्छ भने कतिपयले सेकेन्डभरमा ज्यान गुमाउन पुग्छन् ।


Advertisment
Nabil box
Kumari

शुक्रवार पृथ्वी राजमार्गस्थित मुग्लिन–आँबुखैरेनी सडक खण्डमा मानिसको भाग्य र दुर्भाग्यका दुवै उदाहरण देखिए ।

Vianet communication
Laxmi Bank

सडक भासिँदा त्यसमा परेर मृत्यु भएका २ जनाको शव भेटिएको छ भने केही व्यक्ति दुर्घटनाबाट सेकेन्डभरले बाँचेका छन् ।

उक्त दुर्घटनामा सेकेन्डभरले बाँच्ने भाग्यमानी व्यक्ति हुन्, धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारका सन्दीप घिमिरे ।

घिमिरे बिहीवार बेलुका मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउसनजिकै रहेको आफन्तको घरमा गएका थिए । उनी जाँदा बेलुकाको १० बजेको थियो ।

उनले त्यहीँ रात बिताए । बिहान झिसमिसेमै धादिङस्थित घरतर्फ प्रस्थान गरे ।

बाइकमा उनले हजुरआमा र सानी एउटी नानीलाई राखेका थिए । उनका अनुसार हुस्सु लागेकाले परसम्म देख्न सकिने अवस्था थिएन ।

सन्दीप आफ्नै गतिमा अगाडि बढिरहेका थिए ।

बिहान करीब पौने ५ बजे घटनास्थलमा आइपुग्दा एउटा बाइक रंग साइडबाट हुत्तिँदै आयो । 

त्यसलाई छल्न उनले तीव्र गतिमा रहेको आफ्नो बाइकमा इमर्जेन्सी ब्रेक हाने । 

बाइकमा रहेका तीनैजना उछिट्टिएर सडकको किनारामा पुगे । ढिस्कोमा पर्दा ठूलो चोट लाग्न पाएन । उठेर हेर्दा उनको होशहवास उड्यो ।

बाइक त परको कुरा, अगाडि सडक समेत थिएन । सडक हुनुपर्ने ठाउँमा तल पानी बगिरहेको देखियो ।

‘एक्कासि एकजना रंग साइडबाट आयो । छल्न खोज्दा हामी दुर्घटनामा पर्‍यौं । उठेर हेर्दा त सडक हुनुपर्ने ठाउँमा तल पानी बगिरहेको थियो,’ सन्दीपले लोकान्तरसँग भने, ‘हामी ढिस्कोमा अड्किएर भाग्यले बाँच्यौं, तल झरेको भए लास पनि भेटिँदैनथ्यो ।’

त्यही भासिएको सडक देखेर ती व्यक्ति र‌ंग साइडबाट आएका रहेछन्, जुन सन्दीप, उनको हजुरआामा र सानी नानीका लागि भाग्य सावित भयो ।

सन्दीपको बा ३३ प १०८१ नम्बरको बाइक कहाँ पुग्यो पत्तो छैन । तर ठूलो दुर्घटनाबाट बाँचेकोमा खुशी छन् । उनलाई अहिले पनि त्यो क्षण सपनाजस्तो लागिरहेको छ ।

उनीहरू उठेका मात्र थिए, एकजना ट्रक ड्राइभर आइपुगे ।

‘एकैछिनअघि मेरै आँखाअगाडि कार र बाइक तल झर्‍यो भनेर रुँदै थिए, उनी ट्रक ड्राइभर रहेछन्,’ सन्दीपले त्यहाँको वस्तुस्थिति सुनाए ।

उनीहरू दुर्घटनामा परेको ५ मिनेटपछि प्रहरी आइपुग्यो ।

‘प्रहरीहरू ५ मिनेटपछि आएका थिए, सम्भवतः त्यही ट्रक ड्राइभरले खबर गरेको हुनुपर्छ,’ उनले भने ।

दुर्घटनास्थलबाट प्रहरीले २ जनाको शव निकालेको छ । 

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमाण्डमा गएको गोताखोरसहितको टोलीले ग १५ प २९५३ नम्बरको मोटरसाइकल फेला पारेको थियो ।

त्यसक्रममा गोरखाको सिरानचोक घर भएका ३५ वर्षीय केशव घिमिरे र अर्का एक व्यक्तिको शव निकालेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी खड्काले जानकारी दिए । 

बा १० च ४६७९ नम्बर लेखिएको कारको हुटर मात्र फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ । कारको मुख्य पार्ट्स र त्यसमा रहेका व्यक्तिहरूको अवस्था अज्ञात छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x