
काठमाडौं आसपासमा शनिवार बिहान भूकम्पको धक्का महसुश गरिएको छ । शनिवार बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुश गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनारायणलाइ केन्द्रविन्दु बनाएर ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौं उपत्यकाका तीन जिल्ला र आसपासका जिल्लामा समेत भूकम्पको झड्का महसुश गरिएको सामाजिक सञ्जाल प्रयोगकर्ताले जनाएका छन् । पछिल्लो पटक जेठ २४ गते बैतडीलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।