०६ असार २०८३, शनिबार

बामताङ खोलाले बगाएर १ जनाको मृत्यु

बामताङ खोलाले बगाएर १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । 

शुक्रवार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव शनिवार बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

बगाएको स्थानदेखि ७०० मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्