०१ असार २०८३, सोमबार

खोलाले बगाएर एक जनाको मृत्यु

खोलाले बगाएर एक जनाको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । 

शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्