
प्राकृतिक रूपबाट गर्भवती हुन असमर्थ महिला विर्य दाता खोजिरहेकी थिइन् तर उनलाई पति नै भेटिए ।
न्युजिल्यान्डको घटनाअनुसार ४६ वर्षीया सी राइनीको विवाह भए पनि बच्चा जन्मिएनन् । उनकै समस्याका कारण बच्चा नजन्मिएपछि पतिसँग सम्बन्धविच्छेद भयो ।
सम्बन्धविच्छेद भएपछि उनले ‘एकल आमा’ बन्ने निधो गरिन् र विर्य दाताको खोजीमा लागिन् । संकटमा परेकी राइनीले आफ्नो बाल्यकालको एउटा घटना सम्झिइन् । जसमा उनका साथीले वाचा गरेका थिए ।
उनका साथी डेमियनले उनी आमा बन्न नसक्ने अवस्थामा विर्य दान गर्ने वाचा गरेका थिए । तर पछि डेमियन लन्डन गए, उतै बिहे गरे । दुवैबीच निरन्तर सम्पर्क हुन सकेको थिएन ।
बच्चा नजन्मिएपछि राइनीले डेमियनलाई फेसबूकमा देखेपछि सम्पर्क गर्न म्यासेज गरिन् र पुरानो वाचा स्मरण गराइन् । उनको सन्देश देखेपछि डेमियन विर्य दान गर्न मात्रै राजी भएनन्, उनीसँग विवाह नै गर्न तयार भए ।
त्यसपछि दुवैले विवाह गरे । राइनीले भनिन्, ‘मेरो विर्य दाता नै मेरो पति बनेका छन् ।’