०२ असार २०८३, मंगलबार

पुरिन थाले ज्यानमारा भ्वाङ

कात्तिक २०, २०७४
पुरिन थाले ज्यानमारा भ्वाङ
काठमाडौं , ६ साउन- काठमाडौं उपत्यकाभित्र सडक बिस्तारका क्रममा परेका खाल्डाखुल्डी र जताततैका भ्वाङ पुर्न सुरु गरिएको छ । सडक बिस्तारका क्रममा खनिएका खल्डा पुर्न वेवास्ता गरेका कारण सर्वसाधारणले ज्यानै समेत गुमाएपछि बल्ल तातेका सरोकारवाला निकायले भ्वाङ पुर्ने कार्य तिव्र बनाइएको जनाएका छन् ।whole
प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र खाल्डाखुल्डी पुर्न कडा निर्देशन दिएसँगै पुर्न सुरु गरिएको हो । प्रधानमन्त्री देउवाको निर्देशनपछि खाल्डाखुल्डी पुर्ने कामको समन्वय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा संयन्त्र गठन भएको छ । मेलम्चीको खानेपानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छ्याएर खाल्डाखुल्डी नै छाडेको थियो । मनसुनको समय भएकाले थप ठाउँमा पाइपलाइनको कार्य गर्दा सर्वसाधारण तथा सवारीसाधनको आवागमनमा असर पर्ने भन्दै बाँकी क्षेत्रमा सडक खन्नका लागि बन्द गरिएको छ, राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्