०८ असार २०८३, सोमबार

अन्तर्घातीलाई पार्टीबाट निकाल्छु भन्दै कड्किए देउवा

कात्तिक २०, २०७४
अन्तर्घातीलाई पार्टीबाट निकाल्छु भन्दै कड्किए देउवा
काठमाडौं, ६ साउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् ।sher
बिहीबारबाट राजधानीमा सुरु भएको प्रदेश २ का नेताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले पहिलो चरण र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टीकै नेताहरूको अन्तर्घातका कारण धेरै स्थानमा हार बेहोर्नुपरेको भन्दै अन्तर्घातीलाई ठेगान लाएरै छाड्ने बताए । ‘अन्तर्घातीहरूलाई पार्टीबाट निकाल्छु, अन्तर्घातीहरू पार्टीभित्र रहेसम्म पार्टी अघि बढ्न सक्दैन,’ देउवाले भने ।
उनले तेस्रो चरण निर्वाचनमा कांग्रेस पहिलो हुने र अघिल्ला निर्वाचनको समेत क्षति रोकिने बताए, आजको राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्