०६ साउन २०८३, बुधबार

युक्रेनका सैन्य कमान्डरले गरे निराशाजनक कुरा

जेठ २९, २०७९
युक्रेनका सैन्य कमान्डरले गरे निराशाजनक कुरा

युक्रेनी सेनाको अपरेसनल ट्याक्टिकल समूह नर्थका कमान्डर दिमित्री क्रासिल्निकोभले युद्धमोर्चाको निराशाजनक यथार्थ बताएका छन् । 

उनका अनुसार, युक्रेनी सेनाले लामो दूरीको आर्टिलरी प्रणालीको अभाव अनुभव गरिरहेको छ । 

रुसी आर्टिलरीले युक्रेनी सैनिकको पोजिसनलाई ध्वस्त पार्ने गरेको छ र युद्धभूमिमा पूर्ण प्रभुत्व कायम गर्ने गरेको छ । 

आधा दिनमा दुईदेखि चार हजार आर्टिलरी शेलहरू युक्रेनी पोजिसनमा आएर बज्रिने गरेका छन् । 

रुसले गरेको आर्टिलरी आक्रमणका कारण युक्रेनी सेनामा गम्भीर क्षति पुग्ने गरेको छ । युक्रेनी अधिकारीहरूले दिनको २०० जना युक्रेनी सैनिकहरू मारिइरहेको स्वीकार गरेका छन् । 

रुसले लगातार आक्रमण गरिरहँदा युक्रेनका उम्दा लडाकूहरू पनि युद्धमोर्चामा अडिग रहनबाट हतोत्साहित हुन थालेका छन् । पैदल सेना हतोत्साहित हुँदा कम्ब्याट मिसनमा बाधा आउन थालेको छ ।

यस परिस्थितिमा परिवर्तन ल्याउनका लागि पश्चिमी मुलुकहरूले थप हातहतियार उपलब्ध गराउनुपर्ने क्रासिल्निकोभको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्