×

NMB BANK
NIC ASIA

सशस्त्र प्रहरी

एपीएफमा रासन र गाडी भाडामा लिँदा अनियमितताको आशंका, हेडक्वार्टर तानिए डीएसपी

जेठ २९, २०७९

NTC
Premier Steels

आर्थिक अनियमितता गरेको आरोपमा सशस्त्र प्रहरी बल (एपीएफ) दोलखाका इन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) बुद्धिनारायण महर्जनलाई मुख्यालय तानिएको छ ।

Muktinath Bank

सशस्त्र प्रहरी स्रोतका अनुसार डीएसपी महर्जनलाई जिल्ला प्रमुखको रुपमा रहँदा धेरै सशस्त्र प्रहरी बलका कर्मचारीलाई बिदा दिएर रासनमा अनियमितता गरेको आरोप लागेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले जिल्लामा रहेका सशस्त्र प्रहरीका जनशक्तिको ६० प्रतिशतलाई एकैपटक बिदा दिएर रासनबाट आएको पैसा अनियमितता गरेको आरोप लागेको हो । 


Advertisment
Nabil box
Kumari

‘रासनमा अनियमितता गरेको आरोप लागेको थियो तर त्यो बेलामा राजनीतिक शक्तिको आडमा उनी जिल्ला बस्दै आएका थिए,’ स्रोतले लोकान्तरलाई भन्यो ।

Vianet communication

फेरि अहिले स्थानीय तहको निर्वाचनमा सवारीसाधन भाडामा लिँदासमेत अनियमितता गरेको भन्दै उनलाई सशस्त्र प्रहरी प्रधान कार्यालयमा तानिएको हो । 

नयाँ सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल आइसकेपछि उनलाई मुख्यालय तानेर उनको ठाउँमा डीएसपी सुरज कार्कीलाई पठाइएको छ ।

निर्वाचनमा आवश्यक पर्नेभन्दा कम सवारीसाधन भाडा लिएर नक्कली नम्बरका गाडी खडा गरी पैसा भुक्तानी लिएको उनीमाथि आरोप छ । 

सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विदुर खड्काले संगठन आचरणविरुद्धको कार्य गरेको भन्दै प्रधान कार्यालय तानिएको पुष्टि गरे । 

‘संगठन आचरणविरुद्धको काम भएकाले उहाँलाई बोलाइएको हो,’ डीआईजी खड्काले लोकान्तरसँग भने, ‘उहाँको दुई वर्ष पनि भएको थियो ।’

उनलाई के कस्तो आचरणविरुद्धको कार्य भएको भन्ने विषयमा छानबिन भइरहेको र अनुसन्धानपछि सत्यतथ्य बाहिर आउने डीआईजी खड्काले बताए ।

‘अहिले उहाँमाथि अनुसन्धान भइरहेको छ, सत्यतथ्य पछि आउला,’ उनले भने । 

यसअघि पनि रासनमा अनियमितता गरेको भन्दै सशस्त्र प्रहरी प्रधान कार्यालयले उनलाई सचेत गराएको थियो । अनियमितता गरेको भन्दै उनीविरुद्ध दर्जनौँ उजुरी छन् । 

महर्जनलाई नयाँ भर्ना भएर आएका सशस्त्र प्रहरी कर्मचारीलाई तालिमको बेला यातना दिएको आरोप पनि लाग्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x