×

NMB BANK
NIC ASIA

संसद् बैठक

एमाले सांसदले रामकुमारी झाँक्रीले लगाएको लिपस्टिक प्रसंग निकालेपछि...

जेठ २९, २०७९

NTC
Premier Steels

नेकपा एमालेकी एक सांसदले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लगाएको लिपस्टिकको प्रसंग निकालेपछि नेकपा (एस)ले नियमापत्ति गरेको छ ।

Muktinath Bank

प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकअन्तर्गत शहरी विकास मन्त्रालयको छलफलका क्रममा एमाले सांसद गंगा चौधरी सत्गौवाले झाँक्रीले लगाएको लिपस्टिकको चर्चा गरेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झाँक्रीको नामै नलिई उनले स्मार्टसिटी बनाउने कुरा शहरी विकासमन्त्रीले ओठमा लिपस्टिक लगाएको जस्तो नभएको टिप्पणी गरेकी थिइन् । ‘शहरी विकासमन्त्रीको कुरा जोड्न चाहन्छु, ओठमा लिपस्टिक लगाएर जति सुन्दरी बन्न चाहनुहुन्छ, त्यो भन्दा धेरै स्मार्ट सिटी बनाउने दायित्व छ,’ चौधरीले भनिन्, ‘आज काठमाडौं शहरमा दुर्गन्ध फैलिएको छ, तपाईंलाई त्यति पनि ज्ञान छैन, दाङको घोराही गएर हेर्नुस् । २० करोडको लागतमा फोहरबाट वैकल्पिक ऊर्जा उत्पादन भइसकेको छ ।’


Advertisment
Nabil box
Kumari

सांसद चौधरीले कागजको खोष्टोमा लेख्दैमा स्मार्ट सिटी नबन्ने टिप्पणी गरिन् । 

Vianet communication

चौधरी बोल्दा ख्याल नगरेका नेकपा एसका सांसदले दुई जना सदस्य बोलेपछि नियमापत्ति गरेका थिए । नेकपा (एस)की सांसद निरादेवी जैरुले व्यक्ति विशेषलाई लिएर घोचपेच गर्ने अंगीकार सांसदलाई नरहेको बताइन् । 

आगामी दिनमा पनि संसदमा त्यस्ता शब्द नबोल्न भन्दै उनले चौधरीले बोलेको कुरा संसदको रेकर्डबाट हटाउन माग गरिन् । ‘माननीय अंजना विशंखे भन्दा पहिला बोल्ने माननीयले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई व्यक्तिगत रुपमा घोचपेच गरेकोले त्यो रेकर्ड हटाउन माग गर्छु,’ जैरुले भनिन् । 

बैठकको अध्यक्षता गरिरहेकी पुष्पा कर्ण कायस्थले ध्याानकर्षण भएको बताइन् । ‘माननीयले उठाउनु भएको विषयमा मेरो ध्यानाकर्षण भएको छ,’ सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गरेकी कर्णले भनिन् । 

जैरुले अञ्जना विशंखे भन्दा पहिला बोलेको भने पनि विशंखे भन्दा पहिला कांग्रेसकी डिला संग्रौला र त्यो भन्दा पहिले चौधरी बोलेकी थिइन् । यसअघि प्रतिनिधि सभा बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले एमाले अध्यक्ष केपी ओलीको सम्बोधनलाई कुण्ठा र रोदन भनेपछि एमालेले संसद बैठक अवरुद्ध गरेको थियो । 

मन्त्री बडूको त्यो सम्बोधनलाई असंसदीय भन्दै हटाइएको थियो । संसदमा कुनै व्यक्तिको हाउभाउलाई लिएर बोल्नुलाई असंसदीय मानिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x