
इन्डोनेसियाका रक्षामन्त्री प्रबोवो सुबियान्तोले सिंगापुरमा आइतवार सम्पन्न शांग्रिला डायलगमा चीनको प्रशंसा गरेका छन् ।
सबै मुलुकहरूले चीनको राष्ट्रिय स्वार्थ तथा महान् सभ्यताको उसको हैसियतको साधिकार उदयलाई सम्मान गर्नुपर्ने उनको भनाइ छ ।
चीन हजारौं वर्षदेखि दक्षिणपूर्वी एसियामा महाशक्तिका रूपमा रहेको सुबियान्तोले बताए । भारत पनि त्यस्तै महान् सभ्यता भएको र दुवै देशले दक्षिणपूर्वी एसियालाई प्रभावित पारेको उनको भनाइ छ ।
सुबियान्तोले शांग्रिला डायलगमा साम्राज्यवादको विरोध गर्दै दिएको सम्बोधनलाई विज्ञहरूले प्रशंसा गरेका छन् ।