११ साउन २०८३, सोमबार

‘सिल्ली फो’मा अभिनय गर्दा संघर्षका दिनहरू याद आयो- केकी अधिकारी

‘सिल्ली फो’मा अभिनय गर्दा संघर्षका दिनहरू याद आयो- केकी अधिकारी

‘छ माया छपक्कै’ पछि अभिनेत्री केकी अधिकारी  नयाँ फिल्म ‘सिल्ली फो’मार्फत दर्शकमाझ आउँदैछिन् ।

उनको शीर्ष भूमिका रहेको यो फिल्म असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

कमेडी जनराको फिल्ममा उनले करिअर स्थापित गर्न संघर्षशील कलाकारको भूमिका निर्वाह गरेकी छन् ।

आइतवार फिल्मबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री अधिकारीले आफ्नो भूमिकाबारे खुलाएकी हुन् ।

‘फिल्ममा मैले निर्वाह गरेको संघर्ष गरिरहेको एक संघर्षशील कलाकारको भूमिका हो,’ अभिनेत्री अधिकारीले भनिन्, ‘फिल्मको पात्रको भूमिका निर्वाह गर्दै गर्दा मलाई आफ्नो संघर्षको दिनहरू कताकता याद आयो ।’ 

आफूले निर्वाह गरेको पात्र आफ्नो जीवनको अनुभवसँग निकट रहेकोले अभिनय गर्न अलिकति सहज भएको उनले अनुभव सुनाइन् । उनले आइरहेका फिल्मभन्दा ‘सिल्ली फो’ केही फरक रहेको बताउँदै दर्शकहरूले रुचाउनेमा विश्वास व्यक्त गरिन् ।

फिल्ममा केकी एक मात्र लिड महिला कलाकारको रुपमा छिन् । राजबहादुर साने निर्देशित चलचित्रमा केकीका साथमा रविन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, रमेश बजगाईँ, धीरेन शाक्य लगायतको अभिनय छ ।

कार्यक्रममा बोल्दै निर्देशक सानेले ‘सिल्ली फो’बाट आफूले कमेडी जनरामा पहिलो पटक हात हालेको बताए । उनले फिल्म राम्रो बनेको बताउँदै फिल्मले आफूलाई कमेडी जनरामा स्थापित गर्नेमा विश्वस्त रहेको बताए ।

कार्यक्रममा अभिनेताहरू राजाराम पौडेल, रविन्द्र झा, दिनेश रेग्मी, रमेश बजगाईँले पनि फिल्म राम्रो बनेको बताए । मनोज डीके यस फिल्मका निर्माता हुन् । फिल्मको ट्रेलर दुई/तीन दिनमा सार्वजनिक गर्ने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्