२७ असार २०८३, शनिबार

स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ - ६ मा अब्दुस मियाले थाले तयारी

स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ - ६ मा अब्दुस मियाले थाले तयारी

काठमाडौँ महानगरपालिकालगायत देशका कतिपय स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूले बिजय हासिल गरेपछि आसन्न संसदीय निर्वाचनमा स्वतन्त्र भन्दै उम्मेदवारी घोषणा गर्नेको लर्को लागेको छ । गत संसदीय निर्वाचनमा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले जितेको ६ नम्बर क्षेत्रमा स्वतन्त्र उम्मेदवारका रूपमा अब्दुस मियाले चुनाव लड्ने तयारी गरेका छन् । 

विवेकशील साझाका युवा संगठनका संयोजकसमेत रहेका मियाँ साझा पार्टीका संस्थापक सदस्य पनि हुन् । अध्यक्ष रविन्द्र मिश्र र इतर पक्षको विवादले कमजोर बनेको विवेकशील साझाबाट राजीनामा दिएर उनले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् । 

भ्रष्टाचार नियन्त्रण, गुणस्तरीय एवं निशुल्क शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, बसोबास युक्त आवासलाई प्रमुख एजेण्डा बनाएर चुनावमा आफू होमिन लागेको उनले बताए । 
'कानून बनाउने ठाउँमा युवाहरू कहिल्यै पुग्न नसकेकाले मैले उम्मेदवारी दिने तयारी गर्दैछु,' उनले भने, 'अहिलेको पछिल्लो पुस्तालाई प्रतिनिधित्व गर्ने हिसाबले म स्वतन्त्र रूपमा संसदमा उपस्थिति जनाउन चाहेको हुँ ।'
यसअघिको संसदीय निर्वाचनमा ६ नम्बर क्षेत्रमा प्रधानका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका झक्कु सुवेदी थिए । उनले करीब ११ सय मतान्तरले प्रधानसँग पराजित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्