०८ असार २०८३, सोमबार

यस्तो छ मधेसमा माओवादीको आस

कात्तिक २०, २०७४
यस्तो छ मधेसमा माओवादीको आस


काठमाडौँ, ६ साउन- माओवादी केन्द्रले प्रदेश नम्बर २ मा ४४ स्थानीय तह जित्ने दाबी गरेको छ ।maoist-centre-flag1

सोमबारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा प्रदेश नम्बर २ इन्चार्ज मातृका यादवले ४४ तह जित्न सकिने रिपोर्ट सार्वजनिक गरेका छन् । निर्वाचनमा योजनाअनुसार काम भएमा मधेसमा पहिलो वा दोस्रो शक्ति हुन सक्ने माओवादी अपेक्षा छ ।

माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल ठाकुरले पार्टीको जनाधार बलियो भएकाले ४४ तह जित्न सक्ने सम्भावना रहेको बताए, नयाँ पत्रिकामा खबर छ ।

तराई मधेसका हरेक मुद्दामा माओवादीको सद्भाव भएकाले मधेसी जनता आफ्नो पक्षमा आउने प्रदेश नम्बर २ का इन्चार्ज मातृका यादव बताउँछन् ।

संविधान संशोधन गर्न माओवादीले कांग्रेस, एमालेभन्दा धेरै भूमिका खेलेकाले निर्वाचन जित्ने बलियो आधार उसले देखेको छ । ‘हामी अहिले पनि संविधान संशोधन पास गराउने पक्षमा लागिरहेका छौँ,’ यादवले भने, ‘संविधान संशोधन पास वा फेल जे–जस्तो भए पनि अगाडि बढाएरै छाड्ने योजना छौँ ।’

salt training

कमेन्ट गर्नुहोस्