
स्पेनिस महारथी रियल म्याड्रिडले आफ्ना भेट्रान डिफेन्डर तथा कप्तान मार्सेलोलाई औपचारिक रुपमा बिदाइ गर्ने भएको छ ।
रियलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो कप्तान मार्सेलोलाई सोमबार एक भव्य समारोहबीच बिदाइ गरिने जनाएको छ ।
बिदाइमा ब्राजिलियन डिफेन्डर मार्सेलोले सम्बोधन गर्ने बताईएको छ । यसअघि रियलले कप्तान तथा गोलरक्षक इकर कासिलास र डिफेन्डर तथा कप्तान सर्जियो रामोसलाई पनि बिदाइ गरेको थियो ।
लेफ्ट ब्याक मार्सेलोको रियलसँगको सम्झौता यो जुनको अन्त्यसँगै सकिदैछ । मार्सेलोले क्लब छाड्नुअघि रियलले उनको लागि बिदाइ कार्यक्रम राखेको हो ।
मार्सेलोले रियलमा १५ वर्ष बिताउँदा २५ उपाधि जित्दै क्लबको इतिहासमा लेजेन्ड खेलाडी बनेका छन् ।