
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।
आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो ।
आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको बताइको छ ।
त्यसबाहेक गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण बारे पनि बैठकमा छलफल गरिने बताइएको छ ।
यसअघि आइतवार एमालेको केन्द्रीय कार्यालयको बैठक बसेको थियो ।
सोही बैठकले आजको सचिवालय बैठकको एजेण्डा तय गरेको हो ।