
आज (सोमवार) विभिन्न ८ जिल्ला हुँदै बग्ने नदीहरूमा पानीको बहाव आकस्मिक रुपमा बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले एक बुलेटिन सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
विभागका अनुसार इलाम, झापा, पाँचथर, ताप्लेजुङ, पर्वत, स्याङ्जा, कास्की, लमजुङ र आसपास भई बहने केही ससाना नदीहरूमा आकस्मिक वहाव हुन सक्नेछ ।
यस्तै आगामी ३ दिन प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने विभागले जनाएको छ ।