
काठमाडौंको कोटेश्वरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
गएराति ना५ख २९१९ नम्बरको ट्रकको ठक्करबाट बा७१प ३०५४ नम्बरको मोटरसाइकलको पछाडि बस्ने पाँचथरको मिक्लाजुङ-५ घर भइ काठमाडौंको काँडाघारी बस्ने ३४ वर्षकी सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी राईको शिक्षण अस्पताल महाराजगञ्जमा राति मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।