×

NIC ASIA

निर्वाचन क्षेत्रको खोजी

रूपन्देहीबाट संसदीय चुनाव लड्ने तयारीमा प्रभावशाली नेता, को-को हुँदैछन् आमनेसामने ?

जेठ ३०, २०७९

Prabhu Bank
NTC
Premier Steels

सधैँ राजनीतिक शक्तिको केन्द्रमा रहने रूपन्देहीका राजनीतिक दलहरू स्थानीय तह निर्वाचनको मैझारो सकेर आउँदो संघीय र प्रदेश सभा निर्वाचनतर्फ केन्द्रित हुन थालेका छन् । 

Muktinath Bank

स्थानीय निर्वाचनबाट हौसिएको नेपाली कांग्रेस र रक्षात्मक अवस्थामा पुगेको नेकपा एमाले अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आफू अनुकूल बनाउनेतर्फ आन्तरिक गृहकार्यमा जुटेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी कात्तिक-मंसिर वा फागुनमा निर्वाचन हुने बताइसकेसँगै नेताहरू को कहाँबाट उम्मेदवार बन्लान् भन्ने चर्चा समेत हुन थालेको छ । ११ लाख जनसंख्या रहेको रूपन्देहीमा प्रतिनिधि सभाका ५ र प्रदेश सभाका १० निर्वाचन क्षेत्र छन् ।


Advertisment
Nabil box
Kumari

रूपन्देही प्रभावशाली नेताहरूको गृहजिल्ला पनि हो । गत २०७४ सालको निर्वाचनमा एमालेले ३ र कांग्रेसले २ निर्वाचन क्षेत्र सुरक्षित गरेको थियो । प्रदेश सभातर्फ एमालेले ५, कांग्रेसले ३, नेकपा माओवादी केन्द्रले १ र जनता समाजवादी पार्टी (जसपा) नेपालले १ क्षेत्र जितेका थिए । 

Vianet communication

एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जिल्ला समन्वय समिति (जिसस) निर्वाचनलगत्तै आगामी निर्वाचनमा पार्टी होमिने बताए । ‘स्थानीय निर्वाचनले हामीलाई केही पाठ सिकाएको छ । त्यसको सबै ‘रिकभर’ प्रतिनिधिसभा र प्रदेश सभाले दिने गरी पार्टी लाग्नेछ,’ अध्यक्ष केसीले भने ।

गत चुनावमा रूपन्देहीको १ नम्बर क्षेत्रमा एमाले सचिव तथा पूर्व मन्त्री छविलाल विश्वकर्माले कांग्रेस नेता अब्दुल रज्जाकलाई पराजित गरेका थिए भने २०७० सालमा तिनै विश्वकर्मालाई रज्जाकले हराएका थिए । यस क्षेत्रमा दुवै जनाको दोहोरिए प्रतिस्पर्धा हुँदै आएको छ ।

स्थानीय तह निर्वाचन अगाडिसम्म गृहमन्त्री बालकृष्ण खाँण ३ नम्बर क्षेत्र छाडेर १ नम्बरमा आउने गरी सक्रिय थिए तर हालै सम्पन्न निर्वाचनमा रूपन्देहीको ३ नम्बर क्षेत्रका सबै पालिका कांग्रेसले जितेपछि उनी आफ्नै पुरानो क्षेत्रबाट चुनाव लड्ने सोचमा पुगेका कांग्रेस नेताहरू बताउँछन् । त्यसैले आउँदो निर्वाचनमा पनि रूपन्देहीको १ नम्बर क्षेत्रमा एमालेबाट विश्वकर्मा र कांग्रेसबाट रज्जाक उम्मेदवार बन्ने चर्चा छ । 

एमाले देवदह नगरपालिकाका इन्चार्ज यम रानाले रुपन्देहीमा एमालेका लागि सबैभन्दा सुरक्षित क्षेत्र १ नम्बर रहेको बताए । 

स्थानीय तहको मत परिणामलाई हेर्दा १ नम्बर क्षेत्रमा एमालेले बढी जितेको छ तर माओवादीसँग गठबन्धन हुने भएपछि यसपटक रज्जाकको आत्मविश्वास थप बढेको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जीत हासिल गरेको थियो ।

कांग्रेस रुपन्देहीका सहसचिव बासुदेव रिमालले प्रतिनिधि सभाको १ नम्बर क्षेत्रमा पुरानै उम्मेदवार अब्दुल रज्जाकलाई नै अगाडि सार्ने सम्भावना बढी रहेको बताए । 

रूपन्देहीका लागि दुवै परिचित अनुहार हुन् । रूपन्देहीमा दुवैले सक्षम नेताको परिचय बनाएका छन् । विश्वकर्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् भने रज्जाक कांग्रेस सभापति शेरबहादुर देउवा निकट छन् । प्रदेश सभातर्फ वाम गठबन्धनबाट तत्कालीन माओवादीका दधिराम न्यौपाने र एमालेका कृष्ण न्यौपानेले जितेका थिए । यस क्षेत्रमा देवदह नगरपालिका र तिलोत्तमा–७, ८, ९, १०, ११, १२ १५, १६ र १७, ओमसतिया गाउँपालिका–१, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका पर्छन् ।

सधैं चर्चामा रहने बुटवल आउँदो निर्वाचनमा पनि फेरि चर्चामा छ । रुपन्देहीको २ नम्बर क्षेत्रमा पर्ने बुटवल एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र हो । २०५४ सालपछि कुनै पनि निर्वाचनमा जीत निकाल्न नसकेको कांग्रेसले यसपटक गठबन्धनको बलमा स्थानीय तह निर्वाचनमा एमालेको ‘गढ’ भत्काएको छ । 

बुटवलबाट एमाले उपाध्यक्ष पौडेल उम्मेदवार बन्ने निश्चित जस्तै छ भने कांग्रेसबाट गुल्मीका नेता चन्द्र भण्डारीले चुनाव लड्ने चर्चा छ । पौडेलले २०६४, २०७० र २०७४ सालको निर्वाचन जितेर ‘ह्याट्रिक’ गरेका छन् । पौडेलले २०६४ सालमा माओवादीका भक्ति पाण्डे, २०७० सालमा डा.बाबुराम भट्टराई र २०७४ सालमा गिरीलाई हराएका थिए । २०७४ सालमा पौडेलले ४४ हजार ९ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी गिरीको मत २१ हजार ९४६ थियो ।

यसपटक भने पौडेललाई केही चुनौती छ तर एमाले रुपन्देहीका अध्यक्ष केसीले स्थानीय तहको मत परिणामले पौडेलको जीतलाई ‘ब्रेक’ लगाउन नसक्ने दाबी गरे । कांग्रेसबाट यसअघिका उम्मेदवार युवराज गिरी र भण्डारी आकांक्षी रहेका बताइन्छ । बुटवलमा स्वतन्त्र उम्मेदवारको पनि चर्चा छ ।

स्वतन्त्रबाट डा. निकोलश भुसाल पनि उम्मेदवार बन्ने चर्चा छ । उनी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका ‘गुरु’ रहेको बताइएको छ ।

कांग्रेसका एक नेताले भने, ‘अहिलेको अवस्थामा १ नम्बर क्षेत्रमा अब्दुल रज्जाकले कसैलाई छाड्दैनन् । ३ नम्बर क्षेत्र गृहमन्त्री बालकृष्ण खाँणको लागि सबैभन्दा सुरक्षित देखियो । ५ नम्बर क्षेत्र भरत शाहले पनि कसैलाई छाड्नेवाला छैनन् । त्यसैले २ नम्बर क्षेत्रमा तालमेल हुँदा अन्य पार्टीलाई जाने सम्भावना पनि छ ।’ ती नेताले चन्द्र भण्डारी पनि अहिलेको अवस्थामा बुटवल आउने सम्भावना कम देख्छन् ।

पौडेलले बुटवलबाट ३ पटक निर्वाचन जितेपछि जलस्रोत, रक्षा र अर्थमन्त्रीको जिम्मेवारी सम्हालेर रूपन्देहीमा विकासको लहर ल्याएर लोकप्रिय नेताको छवि बनाएका छन् । पौडेलले अर्थमन्त्री हुँदा रूपन्देहीमा ठूला–ठूला विकासका आयोजनाहरू समेत ल्याएका छन् ।

उनको क्षेत्रमा बुटवल उपमहानगपालिकाका १–१३ नम्बरसम्मका वडा, सैनामैना नगरपालिकाका १–४ नम्बर वडाहरू र तिलोत्तमाका १–६ नम्बर वडा पर्छन् । ती सबै वडादेखि नगरको मेयरमा गठबन्धनले जितेको छ ।

रूपन्देहीको ३ नम्बर क्षेत्र चर्चाको केन्द्रमा सधैं हुन्छ । गत निर्वाचनमा पराजित हुने डरले समानुपातिकमा बसेका गृहमन्त्री बालकृष्ण खाँण यसपटक प्रत्यक्ष निर्वाचन लड्ने गृहकार्यसहित पटक–पटक जिल्ला धाइरहेका छन् ।

२०६४ र २०७० सालको निर्वाचनमा जितेका खाँण २०७४ सालमा समानुपातिमा बसेका थिए । कांग्रेसले राप्रपासँग तालमेल गरी राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा र एमाले नेता घनश्याम भुसालबीच प्रतिस्पर्धा हुँदा भुसालले फराकिलो मतान्तरले जितेका थिए । २०७० सालमा खाँणले भुसाललाई ८२ मतले हराएका थिए ।

आफ्नो क्षेत्र कमजोर देखेर १ नम्बर क्षेत्रतर्फ केन्द्रित हुन खोजेका खाँण स्थानीय चुनावको मत परिणामले हौसिएका छन् । ३ नम्बर क्षेत्रमा पर्ने सबै पालिका तिलोत्तमा, सिद्धार्थनगर, शुद्धोधन, सियारी र लुम्बिनी सांस्कृतिक नगरपालिका कांग्रेसले जितेको छ । त्यसैले आफ्नै पुरानै क्षेत्रबाट गृहमन्त्री खाँणले चुनाव लड्ने कांग्रेस रुपन्देहीका नेता बताउँछन् । कांग्रेसबाट खाँण, एमालेबाट स्थायी कमिटी सदस्य भुसाल र तिलोत्तमाका निवर्तमान मेयर बाशुदेव घिमिरेको प्रतिनिधि सभामा चर्चा छ । गत चुनावमा प्रदेशतर्फ एमालेका तुलसी चौधरी र जसपाका सन्तोषकुमार पाण्डेय निर्वाचित भएका थिए ।

बोहरा १ र ३ नम्बर क्षेत्रमध्ये एउटा क्षेत्रबाट प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन् । त्यसका लागि राप्रपाले एमालेसँग तालमेल गर्न सक्ने राप्रपाका नेताहरू बताउँछन् । ३ नम्बर क्षेत्रमा बुटवलका वडा नम्बर १४–१९, मायादेवी गाउँपालिकाका ७ र ८, ओमसतिया गाउँपालिकाको २ नम्बर वडा, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाका १, २, ३, ६ र ७ नम्बर वडा, शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिकाका १३ र १४ नम्बर वडा पर्छन् ।
 
गत निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि रूपन्देहीमा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रलाई ५ नम्बर क्षेत्र मात्र परेको थियो । माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य डिलाराम आचार्य र कांग्रेस उम्मेदवार भरतकुमार शाहबीच प्रतिस्पर्धा भएको थियो । चुनावमा कांग्रेसका शाहले जिते । शाह ३३ हजार ८८ मतका साथ विजयी हुँदा आचार्यले २० हजार ८२९ मत मात्र ल्याएका थिए । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति समेत रहेका शाह ३ पटक निर्वाचित भएका छन् । 

आगामी निर्वाचनमा शाह यहीँ क्षेत्रबाट चुनाव लड्ने बताइन्छ । एमालेबाट राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले उम्मेदवार बन्ने चर्चा छ ।

दुवै जना मतदातालाई आफ्नो पक्षमा पार्न आक्रामक रूपमा अगाडि बढिरहेका छन् । एमाले ५ नम्बर क्षेत्रका सहइन्चार्ज नरबहादुर घर्तीले भट्टराई ५ नम्बर क्षेत्रबाट प्रत्यक्ष निर्वाचन लड्ने गरी जुटेका बताए ।

२०५६ सालमा शाह विजयी भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा शाहलाई एमालेका स्व. नेता रामनाथ ढकालले पराजित गरे भने २०७० सालको निर्वाचनमा ढकाललाई शाहले झिनो मतले पराजित गर्न सफल भए । हालै सम्पन्न स्थानीय तह निर्वाचन अनुसार ५ नम्बर क्षेत्रमा एमाले र कांग्रेसले बराबर जस्तै जीत निकालेका छन् । प्रदेश सभातर्फ एमालेका भूमिश्वर ढकाल र कांग्रेसका फकरुद्धिन खाँनले जीत निकालेका थिए । 

यो क्षेत्रमा सैनामैना नगरपालिकाका ५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका १–११ नम्बर वडासम्म मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिका पर्छ ।
 
रूपन्देहीको ४ नम्बर क्षेत्र मधेशी बाहुल क्षेत्र हो । यहाँ तराई केन्द्रित दलदेखि कांग्रेस र एमाले पनि उत्तिकै शक्तिका साथ आफ्नो प्रभाव बढाउँदैछन् । गत निर्वाचनमा कांग्रेसका प्रमोद यादव निर्वाचित भएका थिए । यादवले तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार सर्वेन्द्रनाथ शुक्लालाई पराजित गर्दै जीत निकालेका थिए । एमालेका ओमप्रकाश यादव तेस्रो भएका थिए । अहिले पनि यादव र शुक्ला नै उम्मेदवार बन्ने चर्चा छ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रुपन्देहीका अध्यक्ष अजय बर्माले शुक्ला ४ नम्बर क्षेत्रबाट नै निर्वाचन लड्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x