०९ असार २०८३, मंगलबार

डोक्लाममा भारत विरुद्ध दोहोरो चाल चल्दै चीन

कात्तिक २०, २०७४
डोक्लाममा भारत विरुद्ध दोहोरो चाल चल्दै चीन
काठमाडौं, ६ असार– डोक्लाममा चार हप्ताबाट भारत र चीनकाबीच जारी गतिरोध अन्त्य हुने छाटकाट देखिएको छैन ।

इकोनोमिक टाइम्समा छापिएको एक रिपोर्टका अनुसार भारत, चीन र भूटानको सीमामा भएको यो गतिरोध डराउने खालको भएको जनाएको छ ।

यस रिपोर्टमा लेखिएको छ, ‘यो पहिलो पटक हो जब भारत कुनै तेस्रो देशको लागि चीनको अगाडि खडा भएको छ । यहाँ चीनका कयौं सोचाइ हैरान गरिदिने खालका छन् ।’

समाचरमा लेखिएको छ, यस गतिरोधलाई लिएर चीनबाट जुन सरकारी तथा गैरसरकारी भनाइ आइरहेको छ त्यसमा केवल आक्रमकता छ । यी भनाइहरुमा भारतको गल्ती भएको र भारतलाई फिर्ता जान भनिएको छ । चीन र भुटाले आपसी छलफलका आधारमा यो समस्या समाधान गर्ने जनाएको छ । अर्को तर्फ उसले सानो देशलाई जबर्जस्ती रोक्न सकिने भनिरहेको छ ।’

समाचारमा लेखिएको छ,‘चीनले निकै चलाखीका साथ दुई भूमिका निभाइरहेको छ । एक तर्फ उ भारतलाई उक्साइ रहेको छ भने दोस्रो तर्फ विक्टिम कार्ड पनि खेलिरहेको छ । उ भारतबाट भूटानलाई टाढा गर्न खोजिरहेको छ । चीन भुटानसँग यसकारण छलफलबाट समस्या समाधान गर्न खोजिरहेको छ कि इण्डिया भूटानको मित्रता सम्झौताको छायाँ नहोस् । चीनले विनाशर्त डोकलामबाट हट्न भारतलाई भनेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्