×

NMB BANK
NIC ASIA

चीनले युद्धको बेला बाहेक पनि अन्य मुलुकमा सैन्य कारवाही गर्ने, नेपाललाई कस्तो असर ?

असार १, २०७९

NTC
Sarbottam
तस्वीर स्रोत : Reuters
Premier Steels
Marvel

चीनका राष्ट्रपति सी चिनपिङले अन्य मुलुकमा चिनियाँ सेनाको विस्तार गर्नका लागि कानूनी आधार खडा गरेको विश्लेषकहरूले बताएका छन् । 

Muktinath Bank

बेइजिङले सोलोमन आइल्यान्ड्ससँग सुरक्षा सम्झौता गरेको केही हप्तापछि सीले यो कदम चालेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसका बारेमा विस्तृत विवरण प्रकाशित भएको छैन । तर चीन सरकारले नयाँ निर्देशिका बनाएर युद्धको अवस्थामा बाहेक पनि चिनियाँ सशस्त्र बलको कारवाहीका लागि ढोका खोलेको छ ।


Advertisment
Nabil box
Kumari

चिनियाँ सेनाको सर्वोच्च निकाय सेन्ट्रल मिलिटरी कमिसनका अध्यक्ष समेत रहेका सीले निर्देशिकाका ५९ वटा धारामा हस्ताक्षर गरेका छन् । तर तिनलाई प्रकाशित गरिएको छैन ।  

Vianet communication
Laxmi Bank

सरकारी सञ्चारमाध्यमहरूमा आएका खबरअनुसार, ती धाराहरूले चिनियाँ जनमुक्ति सेनालाई चीनको राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकास चासोको संरक्षण गर्नका लागि कानूनी आधार प्रदान गर्छन् । 

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले यसबारेमा लेखेको छ, ‘क्षेत्रीय अस्थिरताहरूको असर चीनमाथि पर्नबाट रोक्न, तेल लगायतका रणनीतिक सामग्रीको आवागमन मार्ग सुरक्षित पार्न वा चीनले विदेशमा गरेका लगानी, चलाएका परियोजना र सुरक्षाकर्मीको सुरक्षाका लागि चिनियाँ सेनालाई तैनाथ गरिनेछ ।’

विपत राहत, सहायता मिसन तथा शान्तिकार्य लगायतका गतिविधिमा चिनियाँ सेनाको भूमिकालाई पनि यसले परिभाषित गर्नेछ । 

ताइवानलाई स्वतन्त्र हुन नदिनका लागि अन्तिमसम्म लड्ने भनी चीनले प्रतिबद्धता व्यक्त गरेलगत्तै यी निर्देशिकाहरू ल्याइएका हुन् । 

चीनले विदेशमा गर्ने विभिन्न गतिविधि जोखिममा परेमा चिनियाँ सैनिकहरूले गर्ने हस्तक्षेपलाई यी निर्देशिकाहरूले वैध बनाउनेछन् । 

बेल्ट यान्ड रोड इनिसिएटिभ अन्तर्गत बेइजिङले अन्य मुलुकमा संरचना बनाउनका लागि अर्बौं डलर लगानी गरेको छ । 

ती परियोजना जोखिममा परेमा तिनको सुरक्षाका लागि चिनियाँ सेना खटिने बाटो यसले खोल्छ । 

अमेरिकाले नेपालमा स्टेट पार्टनरशिप प्रोग्रामको नाममा उच्च पहाडी तथा हिमाली क्षेत्रमा सैन्य अभ्यास गर्ने योजना बनाएको सन्दर्भमा चीनको यो नयाँ निर्देशिका विचारयोग्य छ । 

एसपीपीको नाममा अमेरिकी सेनाले तिब्बतमा अस्थिरता मच्चाउने गतिविधि गर्न खोजेमा नेपाली भूमिमा समेत चिनियाँ सेना प्रवेश गर्नका लागि यी नयाँ निर्देशिकाहरूले बाटो खोलेका छन् किनकि यिनले क्षेत्रीय अस्थिरताबाट चीनलाई पर्ने असर रोक्न चिनियाँ सेनाको तैनाथीलाई वैधता दिएका छन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x