०३ असार २०८३, बुधबार

बिहेमा भिनाजुले सालीको हात समातेर ‘डान्स’ गरेपछि रातभर प्रहरी हिरासतमा

असार १, २०७९
बिहेमा भिनाजुले सालीको हात समातेर ‘डान्स’ गरेपछि रातभर प्रहरी हिरासतमा
प्रतिकात्मक तस्वीर

विवाहको खुशीयालीमा सालीको हात समातेर ‘डान्स’ गर्ने भिनाजु प्रहरी हिरासतमा पुगेका छन् ।

उत्तर प्रदेशको हमीरपुरस्थित कुरारामा विवाह समारोहमा भिनाजुले सालीलाई जबरजस्ती नचाएपछि प्रहरी बोलाइएको थियो ।

भिनाजुले रक्सी खाएर सालीमाथि जबरजस्ती गर्दै नचाएपछि प्रहरी बोलाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले भिनाजु जगरूपलाई रातभर हिरासतमा राखेको छ ।

भाइ जगदिशको विवाहमा जगरूपकी सालीलाई पनि बोलाइएको थियो । विवाहको खुशीयाली समारोहमा रक्सी खाएर मात्तिएका उनले सालीमाथि जबरजस्ती गरेका थिए । सालीले आफ्ना बुवालाई गुनासो गरेपछि प्रहरीलाई खबर गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्