
अमेरिकी लेखिका न्यान्सी क्राम्पटन–ब्रोफीलाई पतिको हत्या गरेको आरोपमा त्यहाँको अदालतले आजीवन कारावासको सजाय दिएको छ ।
अनेकौं जासूसी उपन्यास लेखिसकेकी न्यान्सीले कसरी पतिको हत्या गर्ने शीर्षकको निबन्ध समेत लेखेकी छन् । मे महिनामा कसूरदार ठहर गरिएकी न्यान्सीलाई सोमवार कारावास सजाय दिइएको हो ।
ती ७१ वर्षीया महिलाले पति डेनियल ब्रोफीलाई सन् २०१८ मा गोली हानेर हत्या गरेकी थिइन् । हत्याका लागि उनले अवैध वेबसाइटबाट बन्दूक किनेकी थिइन् । आफ्नो उपन्यासका लागि अनुसन्धान गर्न उक्त बन्दूक किनेको उनले बताएकी थिइन् ।
न्यान्सी ऋणमा चुर्लुम्म डुबेकी थिइन् र पतिको जीवनबीमा हात पारेर ऋण चुकाउने सुर कसिरहेकी थिइन् ।