×

NMB BANK
NIC ASIA

फोहोरबाट बिजुली निकाल्ने प्लान्ट

किन अलपत्र पर्‍यो फोहोरबाट बिजुली निकाल्न टेकुमा ईयूले बनाइदिएको प्लान्ट ? [भिडियो]

असार १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनिरहेका बेला फोहोरबाट विद्युत् उत्पादन गर्न भन्दै टेकुमा युरोपीयन युनियनले बनाइदिएको प्लान्ट अलपत्र छ ।

Sagarmatha Cement
Muktinath Bank

कुहिने फोहोरबाट विद्युत् उत्पादनका लागि सन् २०१५ मा ईयूले बनाइदिएको प्लान्ट हस्तान्तरण भएको ३ महिना मात्र सञ्चालन भयो । त्यसपछि बिग्रिएको प्लान्ट लामो समयदेखि बन्द छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दैनिक ३ टन कुहिने फोहोर उपयोग गरी १४ किलोवाट विद्युत् उत्पादन गर्ने क्षमता प्लान्टको छ । प्लान्टबाट उत्पादित विद्युत् लोडशेडिङका बेला टेकुस्थित वातावरण तथा कृषि विभागको कार्यालयमा प्रयोग गरिएको थियो । साथै उक्त बिजुलीबाट त्यसक्षेत्रको बाग्मती कोरिडोरमा सडक बत्ती समेत बालिएको थियो ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

'करीब ३ महिनाजति प्रयोगमा आएको भन्ने मैले पनि सुनेकी हुँ। त्यसपछि यो प्लान्ट बिग्रियो र यसको मर्मतसम्भारका लागि विज्ञ नभेटिएकाले सञ्चालन हुन सकेको छैन,' वातावरण तथा कृषि विभाग टेकुकी प्रमुख सरिता राईले लोकान्तरसँग भनिन् ।

सरिता राई

उनले थपिन्, 'मशिनमा प्लगइनको समस्या छ । तरकारीको सानो टुक्रा अड्किँदा समेत बिग्रिने गरेको छ । हस्तान्तरण गर्ने समयमा नै मर्मतसम्भारको व्यवस्था गर्न युरोपीयन युनियनलाई आग्रह गरिएको थियो भने यस्तो समस्या नआउने थियो कि,' उनले भनिन् ।

प्लान्ट राखिएको स्थानमा सुरक्षाको राम्रो व्यवस्था नभएकाले बाहिरी मानिस सहजै प्रवेश गर्ने र बिगारिदने गरेको गुनासो त्यहाँ कार्यरत कर्मचारीले गरे ।

विभागका अनुसार यो प्लान्टको लागत करीब २ करोडको हाराहारीमा छ ।

फोहोरबाट कसरी निस्किन्छ बिजुली ?

'काठमाडौंका विभिन्न तरकारी बजारबाट कुहिने फोहोर ल्याएर जम्मा पारिन्छ । त्यस फोहोरलाई स–सानो टुक्रामा परिणत गरी हबरमा हालेर मिक्स गरिन्छ। त्यो फोहोर पिसिएर डाइजेस्टरमा जान्छ। त्यसपछि डाइजेस्ट प्रोसेस शुरू भई ग्यास निस्कन्छ। सो ग्यासलाई एउटा ठूलो बेलुनमा राखिन्छ। त्यहाँबाट ग्यास जेनेरेटरमा जान्छ। अनि बल्ल जेनेरेटरबाट विधुत् उत्पादन हुन्छ,' विभागमा कार्यरत एक इञ्जिनियरले लोकान्तरसँग भने ।

बालेन्द्र साह काठमाडौंको मेयर चुनिएपछि यो प्लान्टलाई सञ्चालन गर्न चासो देखाएको विभाग प्रमुख राईले बताइन् । प्लान्ट मर्मतका लागि महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय भइरहेको राईले जानकारी दिइन् ।

'महावीर पुनको संस्था आविष्कार केन्द्रसँगको सहकार्यमा अब यो प्लान्टलाई बनाएर सञ्चालनमा ल्याउने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ,' उनले भनिन् ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x