०६ साउन २०८३, बुधबार

बिमला वलीकै कारण लुम्बिनीमा बजेट भाषण प्रभावित

बिमला वलीकै कारण लुम्बिनीमा बजेट भाषण प्रभावित

महिलामाथि कुटपिट गरेर प्रहरी नियन्त्रणमा पुगेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीकै कारण लुम्बिनीको बजेट भाषण प्रभावित भएको छ । सरकारले आर्थिक वर्ष २०७९/०८० को अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची थियो । 

बैठक शुरू भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राज्यमन्त्री वलीको बारेमा मुख्यमन्त्री कुलप्रसाद केसीको जवाफ मागेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले २५ मिनेटका लागि बैठक स्थगित गरिेका थिए । 

स्थगित बैठक अहिलेसम्म शुरू हुन सकेको छैन, जसले गर्दा प्रदेशको बजेट प्रस्तुत गर्ने कार्यतालिका प्रभावित भएको छ ।

प्रदेश सभा बैठकमा शुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीले महिला तथा बालबालिकामाथि दुव्र्यवहार गरेको घटनाका सम्बन्धमा सरकारको धारणा स्पष्ट नआउँदासम्म बैठक चल्न नदिने बताएका थिए । 

राज्यमन्त्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत छिन् । उनले दाङको तुलसीपुरस्थित वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गएर उनकी पत्नी मीना भण्डारी र छोरीलाई कुटपिट गरेकी थिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्