०५ साउन २०८३, मंगलबार

अमेरिकी मन्त्रीले तिब्बती शरणार्थी भेटेकोबारे गृहमन्त्रीको जवाफ– नेपाली भूमि कुनैपनि विदेशी राष्ट्रविरुद्ध प्रयोग हुन दिन्नौँ

अमेरिकी मन्त्रीले तिब्बती शरणार्थी भेटेकोबारे गृहमन्त्रीको जवाफ– नेपाली भूमि कुनैपनि विदेशी राष्ट्रविरुद्ध प्रयोग हुन दिन्नौँ

गृहमन्त्री बालकृष्ण खाणले नेपालको भूमि कुनैपनि विदेशी राष्ट्रको विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभामा विनियोजित विधेयक माथि सांसदहरुले उठाएका प्रश्नको जवाफका क्रममा मन्त्री खाणले नेपाली भूमि कुनै देशको विरुद्ध प्रयोग हुन नदिने बताएका हुन् । 

‘नेपालको भूमिमा कुनैपनि विदेशी राष्ट्रको विरुद्ध हुने गतिविधि हुन दिँदैनौँ, यो सरकारको निरन्तरताको अभ्यास र दृढता हो,’ मन्त्री खाणले भने । नेपाल भ्रमण गरेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले ललितपुरको एकान्तकुनास्थित तिब्बती शरणार्थी क्याम्पको भ्रमण गरेपछि चीनले आपत्ति जनाएको थियो । तिब्बती क्याम्पमा अमेरिकी विदेशमन्त्रीलाई भ्रमण गर्न दिएको भन्द्रै सरकारको आलोचना हुँदै आएको छ । 

प्रमुख प्रतिपक्षी दलका नेता एवं सांसदहरुले यो विषय संसदमा उठाएका थिए । बुधवार संसदमा जवाफ दिँदै मन्त्री खाणले नेपाली भूमि कसैकाविरुद्ध प्रयोग हुन नदिने राज्यको नीति निरन्तर रहेको बताए । 
मन्त्री खाणले तिब्बती शरणार्थीको मानव अधिकारको रक्षा गर्नु भने नेपालको दायित्व भएको बताए । कोभिड १९ को भ्याक्सिन दिने क्रममा शरणार्थीले आफ्नो नाम र बासस्थान टिपाएपछि सहज ढंगले खोप उपलव्ध गराइएको उनले बताए । 

माओवादीका गिरिराजमणि पोखरेलले तिब्बती शरणार्थी सम्बन्धी अमेरिकी उपविदेशमन्त्रीले तिब्बती शरणार्थीको मानव अधिकार उल्लघंन गरेको भनेर दिएको वक्तव्यबारे नेपालले किन खण्डन नगरेको भनेर प्रश्न गरेका थिए ।

 


salt training

कमेन्ट गर्नुहोस्