
गृहमन्त्री बालकृष्ण खाँणले एक महिना अगाडि भएको आईजीपी बढुवामा ब्याच नमिचेको स्पष्ट पारका छन् । सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले आईजीपी बढुवामा कुनै विवाद नभएको दाबी गर्दै ब्याच नमिचिकन आईजीपी बनाएको बताएका हुन् ।
बढुवाको विषयमा हामीले ब्याच नमिचि गरेकाछौं । कार्य सम्पादन मुल्याकनकै आधारमा बढुवा भएको छ, मन्त्री खाँणले भने । उनले प्रहरीको नियमित सरुवा बढुवा भइरहेको पनि दावी गरे । तर १ महिनादेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा रोकिएको छ ।