
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहमा आफ्ना तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिँदैछ ।
प्रशिक्षण कार्यक्रमको आज (बिहीवार) बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
कार्यक्रम राष्ट्रिय सभागृहमा हुने एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
एमालेको स्कुल विभागले पालिकाका प्रमुख तथा अध्यक्षहरू र उपप्रमुख तथा उपाध्यक्षहरूका लागि २ दिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आयोजना गर्न लागेको हो ।