
‘रजतपट अंकल’का रुपमा परिचित चर्चित रंग पत्रकार प्रकाश सुवेदीले आजदेखि नयाँ शो ल्याउँदैछन् ।
आफ्ना चर्चित साप्ताहिक मनोरञ्जनात्मक कार्यक्रम ‘रजतपट’, ‘ग्ल्यामर गफ’ र ‘बागीना’बन्द गरेर उनले ‘द प्रकाश सुवेदी शो’ ल्याउन लागेका हुन् ।
तीनवटा कार्यक्रमलाई एउटै स्वरुप दिँदै यो शो शुरू गरिएको उनले बताए ।
कार्यक्रम बिहीबार राती ८ बजेदेखि एपीवान टेलिभिजनमा प्रशारण हुनेछ । कार्यक्रमको समयावधि १ घण्टाको हुने उनले जानकारी दिए ।
कार्यक्रम एपीवान टेलिभिजनका अलावा ‘रजतपट अनलाइन टीभी’ र एपीवानको अफिसियल युट्युबमा हेर्न सकिने सुवेदीले जानकारी दिएका छन् ।