२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिएपछि आजै विनियोजन विधेयक पारित गर्ने तयारी

प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिएपछि आजै विनियोजन विधेयक पारित गर्ने तयारी
फाइल फोटो

सरकारले प्रतिनिधि सभाबाट बिहीवार विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । 

बिहीवार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवाले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । 

जवाफ सकिएपछि विनियोजन विधेयक पारित गर्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची छ ।

बुधवार राति सवा ९ बजेसम्म विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिएका थिए । 

विनियोजन विधेयक पारित भए पनि आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक भने संसद्को अर्को बैठकबाट पारित गर्ने सचिवालयको तयारी छ । 

नेकपा एमालेको विरोधका कारण अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम यसअघिको कार्यसूचीबाट हटाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्