
कालीगण्डकी नदीमा बिहीबार डुंगा पल्टिन पुगेको छ । नदी अन्तरगतको पाल्पाको रानीमहल क्षेत्रमा र्याफ्टिङका क्रममा डुंगा पल्टिएको हो । तर, समयमै उद्दार हुँदा नदीमा खसेका सबै ८ जना सकुशल रहेको पाल्पाका सहायक प्रमुख अधिकारी भक्ति सरा रानाले जानकारी दिइन् ।
रानीमहल घुम्न गएका पर्यटकहरु सवार ढुंगा दुर्घटनामा परेको हो ।