०४ साउन २०८३, सोमबार

सुदूरपश्चिम प्रदेशसभा बैठकमा बजेटमाथि छलफल

सुदूरपश्चिम प्रदेशसभा बैठकमा बजेटमाथि छलफल

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान बजेट आज बसेको प्रदेशसभा बैठकमा टेबुल गरेका छन् । प्रदेश सरकारले यही असार १ गतेको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गरेको थियो । 

आजको बैठकमा सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । 

 यसैगरी आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयकलाई सभा समक्ष टेबुल गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्