२३ जेठ २०८३, शनिबार

जिसस मकवानपुरको प्रमुखमा माओवादीका घलान विजयी

जिसस मकवानपुरको प्रमुखमा माओवादीका घलान विजयी

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का ललितकुमार घलान विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा घलान १७ मतसहित जिसस प्रमुख पदमा विजयी भएका हुन् । उनले सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका थिए ।

    त्यस्तै उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)बाट उम्मेदवार बनेका बुद्धिराम डिम्डुङ तीन मतसहित पराजित भए । यस्तै जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा क्रमशः तारा ढुङ्गाना, विष्णुमाया थपलिया र सुमित्रा थिङ निर्वाचित भएका हुन्। उनीहरु तीनै जना नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए। एमालेबाट उम्मेदवार बनेका बीनाकुमारी थिङ लामालाई तीन मत प्राप्त भएको छ ।

यस्तै खुला सदस्यतर्फ खड्गबहादुर पुलामी, सुवर्ण गोपाली र वीरेन्द्रकुमार लामा निर्वाचित भएका छन् । 

जिससको उपप्रमुख पदमा कांग्रेसका सानुकाजी लुइँटेल र दलित तथा अल्पसङ्ख्यक सदस्यमा एकीकृत समाजवादीकी सुनिता परियार निर्विरोध निर्वाचित भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्