१२ असार २०८३, शुक्रबार

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो । 

साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । पैतालीस किलोमिटर दूरीको सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए । महिला र पुरुष विधामा प्रतियोगिता हुनेछ । पोखरा–१६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत स्थान हुँदै सोही स्थानमा नै आएर सम्पन्न हुने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

salt training

कमेन्ट गर्नुहोस्