२७ जेठ २०८३, बुधबार
पहिरोको कहर

घरमाथि पहिरो खस्दा ताप्लेजुङको खेवाङमा एकैघरका २ जनाको मृत्यु, एक घाइते

घरमाथि पहिरो खस्दा ताप्लेजुङको खेवाङमा एकैघरका २ जनाको मृत्यु, एक घाइते

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङमा पहिरोमा पुरिएका दुई महिलाको शव फेला परेको छ ।

वर्षासँगै गएराति करिब साढे ८ बजे झरेको पहिरोले स्थानीय विष्णु अधिकारीको घर पुरिएको थियो । 

पहिरोमा पुरिएका विष्णुकी आमा तुलसा र पत्नी यशोदाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी कैलाश राईले लोकान्तरलाई जानकारी दिए । विष्णु भने घाइते भएका छन् । 

पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने पशुचौपाए पनि पुरेको बताइएको छ । 

घटनाको थप विवरण आउन बाँकी छ ।      
 

salt training

कमेन्ट गर्नुहोस्