२२ जेठ २०८३, शुक्रबार

बालिका करणी आरोपमा रोल्पाका एक वडासदस्य पक्राउ

बालिका करणी आरोपमा रोल्पाका एक वडासदस्य पक्राउ

एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन् ।

बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् ।

गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्