२० असार २०८३, शनिबार

करेन्ट लागेर दाङमा एकजनाको मृत्यु

करेन्ट लागेर दाङमा एकजनाको मृत्यु

दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो । 

बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो ।

गम्भीर घाइते उनको  उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्