०९ असार २०८३, मंगलबार

कैलालीमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

कैलालीमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहीवार राति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र०१०१०प ९६०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीवारराति नै मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्