×

NMB BANK
NIC ASIA

धनगढीका मेयर हमाल भन्छन्- खोलालाई प्राकृतिक रुपमै बग्न दिइने छ

असार ३, २०७९

NTC
Premier Steels

धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख गोपाल हमाललाई यतिबेला नगरवासीका समस्याहरू सुन्ने र समाधानको पहल गर्ने कामको चटारोले भ्याईनभ्याई छ । 

Muktinath Bank

उपमहानगरपालिकाको आगामी वर्षको बजेट, कार्यक्रम, योजनाको तयारी गर्नुपर्ने कामको चटारोका बीच वर्षायाममा देखिन सक्ने डुबानको जोखिमको समाधानको प्रयासस्वरुप खोलानालामा भएको अतिक्रमण हटाउने अभियान थालिएसँगै यतिबेला उनलाई भ्याईनभ्याई भएको हो । अतिक्रमित क्षेत्रमै पुगेर उनले अतिक्रमण हटाउने अभियानको नेतृत्व गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'खोलानालामा भएको अतिक्रमण हटाउने एजेन्डा यसपालिको जनादेशको म्यान्डेड हो, यसलाई अभियानकै रुपमा लिएका छौँ,' प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका प्रमुख हमालले भने, 'प्राकृतिक खोलानालालाई प्राकृतिक रुपमा बग्न दिने व्यवस्था गर्दैछौँ, यो काममा आगामी वर्षदेखि बजेटको व्यवस्थासमेत गर्दैछौँ ।'


Advertisment
Nabil box
Kumari

उपमहानगरपालिका क्षेत्रमा वर्षायाममा डुबानको विकराल समस्या देखिने गरेकाले यसको समाधानका लागि खोलानाला मिचेर बनाइएका संरचना हटाउने अभियान थालिएको हो । 

Vianet communication

उपमहानगरपालिका कार्यालयले फोहर जम्मा भएर पुरिएका मुख्य सडक दायाँबायाँका पक्की नालीको सरसफाइ गर्ने काम पनि थालेको छ । नालीमा थुप्रिने फोहरले पानी र ढल निकास बन्द भई वर्षायाममा मुख्य सडक नै जलमग्न हुने समस्या छ ।  

उपमहानगर क्षेत्रमा खोलानाला मिचेर बनाइएका संरचना हटाउन उपमहानगरपालिका कार्यालयले विगतमा पटक पटक निर्णय गरेको भए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन ।

कुनै योजना विना शहरका रुपमा विकास हुँदै गएको धनगढी उपमहानगरपालिका क्षेत्रमा डुबान, मोहना नदीको कटान, ढल निकास, सडक निर्माण तथा स्तरोन्नति, फोहरमैला व्यवस्थापन, अव्यवस्थित बसोबास आदि मुख्य समस्याका रुपमा रहेका छन् । 

उपमहानगर क्षेत्रको उत्तरबाट दक्षिण हुँदै बग्ने कैलाली खोला, सुकुटी नाला लगायतका क्षेत्रको जग्गा मिचेर संरचना बनाउँदा यी खोलाको प्राकृतिक मार्ग बन्द भई वर्षायाममा डुबानको समस्या हुने गरेको छ । खासगरी उपमहानगरको वडा नं १, २, ३, ४, ५, ७ र ८ मा डुबानको मुख्य समस्या छ ।

मोहना नदीको कटानबाट वडा नं २ र ३ मा पर्ने नदी छेउको बस्ती बढी प्रभावित हुने गरेको छ । उपमहानगरका भएर पनि कतिपय वडा र बस्तीमा स्तरीय सडक, खानेपानी लगायतका पूर्वाधार निर्माण हुन नसक्दा स्थानीयवासीले अझै पनि आधारभूत सेवासुविधा पाएको अनुभव गर्न पाएका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x