१० साउन २०८३, आइतबार

कम्युनिस्ट एकताको महाअभियान शुरू गर्ने वामदेव गौतमको घोषणा

कम्युनिस्ट एकताको महाअभियान शुरू गर्ने वामदेव गौतमको घोषणा

नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएर अहिले स्वतन्त्र रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने घोषणा गरेका छन् । 

केही समयमा घोषणा गरेर कम्युनिस्ट पार्टी एकीकृत गर्ने अभियानमा लाग्ने उनले बताए । 

शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले फेरि पनि कम्युनिस्ट पार्टी एकजुट हुनुपर्ने आफ्नो विचार रहेको बताएका हुन् ।

‘केही समयदेखि म कुनै पनि पार्टीमा छैन, मेरो विचार कम्युनिस्ट फेरि एकजुट हुनुपर्छ भन्ने हो । त्यसैले कुनै नेताको बारेका टीकाटिप्पणी गरेको छैन,’ गौतमले भने । 

देशलाई समाजवादमा लैजाने औजारको रुपमा नेकपा गठन भए पनि सो पार्टी अहिले तीन टुक्रामा विभाजित भएकोले त्यो अवसर गुमेको उनले बताए । ‘म फेरि कम्युनिस्ट आन्दोलनाई एकीकृत गर्ने एउटा महाअभियानमा संलग्न हुने विचार गरेको छु, केही समयमा घोषणा गरेर काममा लाग्नेछु । सफलता प्राप्त हुन्छ हुँदैन थाहा छैन,’ गौतमले भने । 

२०७४ सालमा नेकपा एमाले र माओवादीबीच चुनावी तालमेल र पछि पार्टी एकता गर्ने बेलामा गौतमको मुख्य भूमिका रहेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्