फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएर अहिले स्वतन्त्र रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने घोषणा गरेका छन् ।
केही समयमा घोषणा गरेर कम्युनिस्ट पार्टी एकीकृत गर्ने अभियानमा लाग्ने उनले बताए ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले फेरि पनि कम्युनिस्ट पार्टी एकजुट हुनुपर्ने आफ्नो विचार रहेको बताएका हुन् ।
‘केही समयदेखि म कुनै पनि पार्टीमा छैन, मेरो विचार कम्युनिस्ट फेरि एकजुट हुनुपर्छ भन्ने हो । त्यसैले कुनै नेताको बारेका टीकाटिप्पणी गरेको छैन,’ गौतमले भने ।
देशलाई समाजवादमा लैजाने औजारको रुपमा नेकपा गठन भए पनि सो पार्टी अहिले तीन टुक्रामा विभाजित भएकोले त्यो अवसर गुमेको उनले बताए । ‘म फेरि कम्युनिस्ट आन्दोलनाई एकीकृत गर्ने एउटा महाअभियानमा संलग्न हुने विचार गरेको छु, केही समयमा घोषणा गरेर काममा लाग्नेछु । सफलता प्राप्त हुन्छ हुँदैन थाहा छैन,’ गौतमले भने ।
२०७४ सालमा नेकपा एमाले र माओवादीबीच चुनावी तालमेल र पछि पार्टी एकता गर्ने बेलामा गौतमको मुख्य भूमिका रहेको थियो ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...