
आफ्नै मातहतका कर्मचारीलाई गाली गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई गाली शिरोमणिको उपाधि दिन एमाले सांसदले माग गरेका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद झपट रावलले संस्कृति मन्त्री आलेको कार्यशैलीप्रति आपत्ति जनाएका हुन् ।
‘सामाजिक मूल्य मान्यतालाई हेक्का राखेर पाइला चाल्नुपर्ने मन्त्री जस्तो गरिमा पदमा बसेको व्यक्तिले कहिले सर्वसाधारण र कहिले मातहतका कर्मचारीप्रति बोलिएका शब्द र व्यहोराले हाम्रो सभ्यतालाई बेइज्जत गरेको छ । यस्ता गाली शिरोमणिलाई मन्त्रीको सट्टा गाली शिरोमणिको उपाधिले विभूषण गरियोस्,’ रावलले भने ।
नेपाल वायु सेवा निगमका अध्यक्षलाई कार्यकक्षमा दुर्व्यवहार गरेको भन्दै मन्त्री आलेको सर्वत्र आलोचना भइरहेको छ ।