×

NMB BANK
NIC ASIA

बुटवलमा ‘टी टेस्टिङ’

असार ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्वदेशी चियाको आन्तरिक बजार प्रवद्र्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रवारदेखि नेपाली चियाको बृहत् राष्ट्रिय प्रदर्शनी तथा ‘टी टेस्टिङ’ कार्यक्रम शुरु भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा शुरू भएको प्रदर्शनीमा देशभरका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन् ।

Muktinath Bank

आफूले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदर्शनीको उद्घाटन गरेका थिए । मुख्यमन्त्री केसीले स्वदेशी उत्पादनमूलक उद्योग स्थापनाका लागि प्रदेश सरकार जग्गा उपलब्ध गराउन समेत तयार रहेको बताए । ‘बजार प्रवर्द्धन मात्र भनेर पुग्दैन, आन्तरिक उत्पादन पनि बढाउनुपर्छ, तपाईंहरू उत्पादनको योजना लिएर आउनुस्, लुम्बिनी प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा जग्गा उपलब्ध गराउन तयार छ,’ उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले आमनागरिकलाई चिया पिउने सही तरिका बताउने र नेपाली चियाको बारेमा बजार विस्तार गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको बताए ।

Vianet communication
Laxmi Bank

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दीपक खनालले नेपालबाट ठूलो परिमाणमा चिया निर्यात हुने गरेको बताउँदै बोर्डले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि पहिलोपल्ट चिया प्रदर्शनी कार्यक्रम आयोजना गरेको जानकारी दिए । 

देशका ७० जिल्लामा अर्थोडक्स चियाको बारेमा जानकारी नपाएको भेटिएको एक अनुसन्धानमा देखिएको पनि उनले बताए । सीटीसी चिया ५० प्रतिशतले आन्तरिक माग पुग्ने बाँकी विदेश निर्यात हुने बताउँदै उनले अर्थोडक्स चिया ८० प्रतिशतभन्दा बढी विदेश जाने गरेको जानकारी दिए ।

नेपाली चियाको गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ । आर्थिक वर्ष २०७७/०७८ मा नेपालले तीन अर्ब ७९ करोड रूपैयाँ मूल्य बराबरको चिया निर्यात गरेको छ । 

चियाको इतिहासलाई केलाउँदा इलामको तत्कालीन बडाहाकिम गजराज सिंह थापाले १९२० मा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती शुरु भएको मानिन्छ । 

नेपाली चियाको इतिहास १५० वर्षभन्दा पुरानो छ । आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपण भएर २३ हजार ७४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x