×

NMB BANK
NIC ASIA

एसपीपी आवश्यक छैन, सरकारले तत्काल अमेरिकालाई पत्र लेखोस् : कमल थापा

असार ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल सकारात्मक सोच राखेर अगाडि बढेको पार्टी भएकाले चाँडै जनतामाझ स्थापित हुने बताएका छन् । 

Muktinath Bank

विश्वको सर्वोच्च शिखर सगरमाथामा राप्रपा नेपालको झण्डा फहराउने पर्वतारोहीलाई सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्ष थापाले हिजो कांग्रेस र कम्युनिस्टले जस्तै राजालाई गाली गरेर राप्रपा नेपाललाई स्थापति गर्ने नभई आफ्नो विचारको बलमा राप्रपा नेपाललाई स्थापित गर्न सक्ने ठोकुवा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूहरू फरक दृष्टिकोण बोकेर जनताको माझ गएको दाबी गरेका थापाले आफूहरूलाई बलियो बनाउन कसैलाई गाली गर्नुपर्ने आवश्यकता नभएको बताए । अहिले देशको विकृति र विसंगतिको कारण राजा नभएको जिकिर गर्दै थापाले यसमा दल र दलका नेताहरूको पनि उत्तिकै जिम्मेवारी रहेको उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

सम्बोधनकै क्रममा अध्यक्ष थापाले नेपाललाई आवश्यक नै नभएको एसपीपी सम्झौताबारे व्यापक चर्चा भइरहेको समयमा नेपाल सरकारले अमेरिकी सरकारलाई औपचारिक रूपमै पत्र लेखेर एसपीपीबाट नेपाल अलग रहेको प्रस्ट्याउनुपर्ने बताए ।

Vianet communication
Laxmi Bank

करको दरको हेरफेरको संवेदनशील काममा अर्थमन्त्री जनार्दन शर्माले ठूलो आर्थिक चलखेल र असंवैधिक अपराध गरेको उनले आरोप लगाउँदै उनले भने, ‘मलाई आश्चर्य लागेको छ, आजका दिनसम्म न त अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुभएको छ, न त प्रधानमन्त्रीले उहाँलाई पदबाट हटाउनुभएको छ, न त नेकपा माओवादीले उहाँलाई मन्त्रीबाट फिर्ता नै बोलाएको छ ।’

कार्यक्रममा राप्रपा नेपालको चुनाव चिह्न तीर सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने पर्वतारोही नवन पासाङ शेर्पालाई तत्कालीन राप्रपा नेपालका महामन्त्री स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

अध्यक्ष कमल थापाले शेर्पालाई १ लाख रुपैयाँसहित ‘चन्द्र स्मृति विशिष्ठ प्रतिभा पुरस्कार’बाट सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपाल प्रवेश गर्नेहरूलाई अध्यक्ष थापाले पार्टीमा स्वागत गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x