
सोच्नुहोस् त कुनै विरामीको अप्रेशन गर्दा भित्र कैची छुटे उसलाई कस्तो होला त्यो पनि १८ वर्षसम्म ।
भियतनामका न्हात एक दुर्घटना शिकार भए र उनलाई अस्पताल भर्ना गरियो । त्यहाँ डाक्टरले अल्टासाउन्ड गर्दा पत्ता लाग्यो कि उनको पेटमा कयौं धारदार कुराहरु थिए ।
एक पटक पुन जाँच गर्दा पत्ता लाग्यो उनको पेटमा १५ सेन्टिमिटर लामो कैची फेला पार्यो ।
सन् १९९८ मा एक पटक दुर्घटनाका शिकार भएका उनी कान जनरल अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उक्त समयमा गरिएको अप्रेशनका क्रममा पेटमा कैची छुटेको थियो ।
न्हातको पेटमा समस्या भएको र औषधी खाँदा समेत ठिक भएको थिएन । पहिले अप्रेसन गर्ने अस्पतालमा रेकर्ड खोजिएको भएपनि १८ वर्ष पुरानो भएका कारण फेला पार्न सकिएन ।