०३ असार २०८३, बुधबार

प्रधानमन्त्री देउवा र प्रचण्डका अगाडि ओलीले भने, नेपाली सिमेण्ट भारत र बंगलादेश पठाउन सकिन्छ

कात्तिक २०, २०७४
प्रधानमन्त्री देउवा र प्रचण्डका अगाडि ओलीले भने, नेपाली सिमेण्ट भारत र बंगलादेश पठाउन सकिन्छ
काठमाडौं ६ साउन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसंगै मुलुक आर्थिक विकासको चरणमा प्रवेश गर्ने बताएका छन् ।

केही ‘स्पिड ब्रेकर’का बावजुद नेपाल स्थायित्व र स्थिरतातर्फ उन्मुख रहेको उनले बताए ।

नेपाल उद्योग परिसंघको बार्षिक साधारण सभालाई शुक्रवार काठमाडौंमा सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले अब नेपाल पछाडि परिरहन नसक्ने बताएका हुन् । ‘देशमा एउटा उत्साह आएको छ, आर्थिक विकासका सम्भावनै सम्भावना छन्’ ओलीले भने, ‘सिमेण्ट उत्पादन गरेर भारत र बंगलादेश पठाउन सकिन्छ, अरुचिज भएपनि भारतमा सिमेन्ट बनाउने ढुङ्गा छैन ।’

ओलीले विकसित देशहरुले अब दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्न नसकेपनि नेपालले उच्चतम बिन्दुको दोहोरो आर्थिब बृद्धिदर हासिल गर्न सकिने बताए । ‘नेपालमा युरेनियम पनि पाइन्छ । फलाम खानी भन्ने त ठाउको नाम नै छ । इन्धन उत्खनन गरेर प्रशोधन गर्न लागियो भने त आर्थिक बृद्धिदर कहाँ पुग्ला ?’ ओलीले भने ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु सहभागि छन् ।

salt training

कमेन्ट गर्नुहोस्