
त्रिवि शिक्षण अस्पताल महाराजगन्जले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य बिमा बोर्डले अस्पताललाई भुक्तानी गर्नु पर्ने रकम हालसम्म पनि भुक्तानी नगरेको भन्दै शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम रोकेको हो ।
‘उपरोक्त सम्बन्धमा मिति २०७७ मंसिर महिनादेखि यस अस्पतालमा संचालित स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बिमितहरुको उपचार सेवा प्रदान गरे वापत नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले यस अस्पताललाई भुक्तानी गर्नु पर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकाले मिति २०७९ अषाढ १५ गते देखि अर्को सूचना प्रकाशित नहुन्जेल सम्मको लागि यस अस्पतालबाट संचालित स्वास्थ्य विमा कार्यक्रम स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ’, अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।
